बिहिबार, बैशाख १३, २०८१

विदेशमन्त्री स्वराजको संविधानसभा अध्यक्ष नेम्बाङ र एमाओवादी शीर्ष नेतृत्वसङग विशेष भेटवार्ता 

Subash_Nemwangsusma-sawarajprachanda1     काठमाडौँ श्रावण १०, नेपालको औपचारिक भ्रमणमा रहनुभएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले आज संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा अध्यक्ष नेम्बाङको संविधान निर्माण, शान्ति प्रक्रिया, दुई देशबीचको सम्बन्धलगायत समसामयिक विषयमा छलफल भएको थियो अध्यक्ष नेम्बाङले भेटवार्तापछि पत्रकारहरुलाइ जनाकारी दिनु भएको छ ।

यसैवीच विदेशमन्त्री सुष्मा स्वराजले आज संविधानसभा भवन नयाँ बानेश्वरमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसङग पनि विशेष भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा उहाँहरुवीच मुलुकलाइ आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन शान्ति प्रक्रियाका अधुरा काय लाई समयमानै समापन गरि संविधान लेखन प्रक्रियामा दलहरु लगि परेको जनाकारी गराउँनु भएको थाह भएको छ ।
त्यस अवसरमा विदेशमन्त्री स्वराजले आफ्नो मुलुकको चासो पनि राजनीतिक तहमा नै सबै विषयवस्तुहरू अगाडि बढोस् भन्ने चाहना रहेको भन्दै नेपालको शान्ति र संविधानलाई पूर्णता दिई विकास निर्माणका लागि हरप्रकारको सहयोग गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको थियो । भेटवार्तामा एमाओवादीको तर्फबाट अध्यक्ष दाहाल, उपाध्यक्षद्वय श्रेष्ठ र पोष्टबहादुर बोगटी, महासचिव महरा, सचिव एवम् संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेल र नेपालका लागि भारतीय राजदूत रञ्जित रेलगायतको सहभागिता रहेको थियो ।