शुक्रबार, बैशाख १४, २०८१

बजेट मुलुकको अर्थव्यवस्थालाई समृद्ध बनाउन सफल हुने अर्थमन्त्रीको दावी

काठमाडौँ श्रावण १ अर्थमन्त्री डा. रामशरण महतले राजधानीमा आयोजित सक्षात्कार कायक्रममा बोल्दै सरकारले आव ०७१ ०७२ को लागि प्रस्तुत गरेको बजेटले RamSaranMahatलगानीको वातावरण बनाउन सहयोग पुग्नुको अलावा सम्रगमा मुलुकको अर्थव्यवस्थालाई समृद्ध बनाउन सहयोग सिद्ध हुने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा अर्थमन्त्री डा. महतले सस्तो ब्याजमा ऋण दिएर ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना गर्दै कृषिलाई नयाँ जीवन दिन पनि बजेट सफल हुने विश्वास सहित लगानी, ऊर्जा, कृषि, बैंकिङ, उद्योगलगायतका धेरै विषयमा आवश्यक विधेयकहरू आउनेछन्, जसले लगानीको वातावरण बनाएर समग्र विकासलाई समेत टेवा दिने दावी गनु भएको छ । सथै उहाँले निर्धारित समयभित्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउनु र मुलुकलाई आर्थिक समृद्धिमा लैजानु वर्तमान सरकारको मूल ध्येय हो भन्दै त्यसका लागि आवश्यक काम गर्न सरकार सदैव प्रतिबद्ध छ, रहेको बताउनु भएको छ ।