बुधबार, बैशाख १२, २०८१

राष्ट्रसङ्घका उपमहासचिव हेर्भी लाड्सौस सोमबार नेपाल आउँदै

काठमाडौँ श्रावण १ संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेर्भी लाड्सौस नेपालको दुईदिने औपचारिक भ्रमणमा आगामी सोमबार यहाँ imagesआउनु हुनेभएको छ । नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखनका क्रममा भएका प्रगति तथा नेपाली सेना र सुरक्षा निकायको वस्तुस्थितिबारे जानकारी लिने उद्देश्यले सरकारको निमन्त्रणामा उपमहासचिव लाड्सौस नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वास्थ्योपचारका सिलसिलामा हाल अमेरिकामा रहनुभएका रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्नुभएका प्रधानमन्त्री कोइराला उपमहासचिव लाड्सौसको भ्रमणका बेला स्वदेश आइसक्ने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ ।