शनिबार, बैशाख २९, २०८१

प्रमुख आयुक्त कार्की अस्ट्रेलिया प्रस्थान

काठमाडौँ अषाढ २८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की आज अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ । प्रमुख आयुक्त कार्कीले त्यहाँ likmanभ्रष्टाचार नियन्त्रणसम्बद्ध निकायका प्रमुख, न्यायमन्त्री र उच्च सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

भेटका अवसरमा भ्रष्टाचार नियन्त्रणका दिशामा आआफ्नो मुलुकको अनुभव आदानप्रदान गर्नाका साथै द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी हुने जनाइएको छ । भ्रष्टाचार नियन्त्रणमा देखिएको चुनौती र सुशासन प्रबद्र्धनमा अपनाउनुपर्ने नवीन उपाय र सम्भावनाका सन्दर्भमा विशेष कुराकानी हुने आयोगका प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रमुख आयुक्त कार्की आगामी साउन ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।