शुक्रबार, चैत्र १६, २०८०

भानुभक्तको द्विशतवार्षिकी विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ आषाढ २९, विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मनुभएका नेपाली bhanu-bhakta-acharya1भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको दुईसयौँ जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

भानु जयन्तीको अवसरमा आज राजधानीमा प्रभातफेरीको आयोजना गरिएको छ ।   भानु प्रतिष्ठान नेपालले आयोजना गरेको प्रभातफेरीमा विभिन्न विद्यालयका विद्यार्थी, गैर सरकारी सङ्घसंस्था र नागरिक समाजको सहभागिता रहेको  थियो ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेको अध्यक्षतामा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति गरी मुलुकका विभिन्न भागमा भानुजयन्ती मनाइरहेको छ । समितिले आइतबार नैसमितिको गरिमामय उचाइ अभिवृद्धिका लागि समर्पित भएर सेवा गरेबापत विभिन्न व्यक्तित्वलाई ‘भानुभक्त स्वर्णपदक’ समर्पण गर्दैछ ।

भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पु¥याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ । उहाको नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गर्नुभएको थियो । उहाँले ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ ( १९१०) ‘वधूशिक्षा’ ( १९१९), ‘रामगीता’(१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित रहेका छन् ।