शनिबार, बैशाख १५, २०८१

आज देसभर विभिन्न कार्यक्रम सहित विपी स्मृति दिवस मनाइदै

काठमाडौँ श्रावण ६, आज श्रावण ६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा विपी स्मृति दिवस मनाइँदै छ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गर्दा गर्दैको अवस्थामा नेता कोइरालाकोे वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो ।

bpयसै क्रममा २०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भएका कोइरालाको स्मति देसैैभरीविभिन्न कार्यक्रम गरि स्मति दिवस मनाइररहेको र कहि मनाउँने तयारीमा रहेको समाचारहरु प्राप्त भएको छ ।
विपी कोइरालाको जन्म शताव्दीको अवसरमा नेपाली काँग्रेसले आजबाट आगामी (स्मृति दिवस) देखि भाद्र २४ (जन्म दिवस) गतेसम्म विपी कोइराला जन्मशताब्दी कार्यक्रमलाई विशेष अभियानका रुपमा देशभरि विविध कार्यक्रमसहित मनाउने घोषणा यस अघिनै गरिसकेका छन ।

राजनीतिका साथै विशेष गरि यौन मनोविज्ञानमा आधारित साहित्यका सर्जक समेत रहेका विपी कोइरालाको राजनिती र साहित्य दुवैमा महत्वपूर्ण योगदान रहि आएको छ । उहाँको तीन घुम्ती नरेन्द्र दाइ सुम्निमा मोदीआइन हिटलर, दोषी चश्मा लगायतका उपन्यास एवम् कथाहरु प्रकाशित रहेका छन