शुक्रबार, बैशाख ७, २०८१

वृद्धि गरिएको निकुञ्ज प्रवेश शुल्क तत्काल फिर्ता गर्न काँग्रेसको माग

काठमाडौं श्रावण ५, शिवपुरी राष्ट्रिय निकुञ्जले अप्रात्यशितरुपमा गत श्रावण १ गते देखि  लागु हुने गरि निकुञ्ज प्रवेश शुल्क वृद्धि गरेकोमा नेपाली काँग्रेस नुवाकोटले shiv puriविरोध जनाएको छ ।  निकुञ्जले छहरे टोखा सडकबाट नुवाकोट प्रवेश गर्ने सडकमा शुल्क असुल गर्दा गर्न थालेपछि आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपाली काँग्रेस नुवाकोटले विरोध जनाएको हो । नुवाकोट काँग्रेसका जिल्ला सभापति तथा सभासद् जगदीश्वरनरसिंह केसीले विज्ञप्ति जारी गर्दै नुवाकोटको क्षेत्र नं. २ र क्षेत्र नं. १ का जिल्लावासी मारमा परेको भन्दै विरोध गर्नु परेको उल्लेख गर्नु भएको छ ।

निकुञ्जले श्रावण २ गतेबाट नुवाकोट आउने पैदल यात्रु, सवारीसाधन र सवारीसाधनका यात्रुसँग समेत क्रमस रु ५०, कारको रु ३००, मोटरसाइकलको ८० रूपैया, मोटरसाइकलमा दुई जना भएमा रु १३० र बसको रु ५०० शुल्क असुल गर्ने गरेको विज्ञप्तिमा उल्लेख गर्दै शुल्क वद्धिको उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु