शुक्रबार, बैशाख १४, २०८१

आगजनी घटनालाइ लिएर दुर्इ विद्यार्थी सङठनवीच आरोप प्रत्यारोप

घटनामा नेविसङ्घको कुनै संलग्नता छैन : नेविसङ्घ

घटनामा नेविसङ्घका विद्यार्थीको संलग्नता :अनेरास्ववियु

काठमाडौं श्रावण ४ , राजधानीको त्रिचन्द्र कलेजमा रहेको बिपी पुस्तकालयमा आज बिहान ११स् १५ बजे अध्ययन गरिरहेको अवस्थामा क्याम्पसका विद्यार्थी प्रेम केसीमाथि भएको अज्ञात व्यक्तिबाट भएको खुकुरी प्रहार र अपराह्न सोहि कलेजमा रहेको विपी पुस्तकालयमा भएको आगजनीको घटना लाइ लिएर प्रहरीले गम्भिर अनुसन्धान सुरु

गरेको छ ।
विद्यार्थी माथि खुकुरी प्रहार र पुस्तकालयमा आगजनी कसले र किन गर्यो भन्ने सवालमा प्रहरी अनुसन्धान गर्दै गर्दा दइ विधाथी सङगठनवीच आरोप प्रत्यारोप सुरु भएको छ । अनेरास्ववियुका सचिव सङ्गम अर्यालले घटनामा नेविसङ्घका विद्यार्थीको संलग्नता रहेको दाबी गरेको छ भने नेपाल विद्यार्थी सङ्घ, त्रिचन्द्र बहुमुखी क्याम्पस इकाईले उक्त घटनामा नेविसङ्घको कुनै संलग्नता नभएको जनाएको छ ।

नेविसङघले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा सङ्घको नाम मुछ्नु अत्यन्तै गैरजिम्मेवार भएको भन्दै घटनाको छानबिन र दोषीमाथि कारबाहीको सट्टा घटनाको ढाकछोप गर्न पुस्तकालयमा आगजनी सहित तोडफोड भएको भन्दै त्यसको भत्र्सना र दोषीमाथि कारबाही गर्न मागसमेत गरेको छ । यसैवीच  घटनास्थलबाट प्रहरीले दुई थान खुकुरी बरामद गरेको छ भने सिसी क्यामेराको फुटेज पनि लिएको जनाइएको छ ।