शनिबार, बैशाख ८, २०८१

बिपी पुस्तकालयमा आगलागी, खुकुरी प्रहारबाट एक घाइते

काठमाडौँ श्रावण ४, राजधानीको त्रिचन्द्र कलेजमा २०५६ सालमा स्थापना भएको बिपी पुस्तकालयमा आज अपराह्न आगलागी हुँदा त्यहाँ रहेको रहेका सबै कागजात तथा फर्निचर जलेर नस्ट भएका छन् ।

38उक्त घटनाबारे महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक राजकुमार सिलवालले घटनाको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रेसलाइ जानकारी दिएका छन ।

त्यस्तै प्रहरीका अनुसार बिहान ११: १५ क्याम्पसको पुस्तकालयमा अध्ययन गरिरहेको अवस्थामा क्याम्पसका विद्यार्थी    प्रेम केसीमाथि  दुईजना हतियार (खुकुरी) सहित प्रवेश गरेका व्यक्तिले एक्कासि अन्धाधुन्द खुकुरी प्रहार गरेको र खुकुरी प्रहारबाट केसीको टाउको र हातमा चोट लागेका घाइते केसीको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारप्रहारको घटनापछि दिउँसो १:१५ मा बिपी पुस्तकालयमा आगजनी भएको र घटनापछि आक्रोशित अनेरास्ववियु समर्थित विद्यार्थीले घण्टाघरअगाडिको सडकमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका थिए । तिनै आक्रोशित विद्यार्थीबाटै आगलागी भएको हुनसक्ने अनुमान गरेको छ । यो समाचार तयार पार्दा   सम्म कसले किन खुकुरी प्रहार गरेको हो भन्ने यथार्थता सार्वजनिक भएको छैन