शुक्रबार, बैशाख १४, २०८१

समानता र समावेशिताबाट नै समाजवादी लोकतन्त्रको निर्माण: प्रजातन्त्रवादी नेत्री सुकी

प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु

 काठमाडौं ज्येष्ठ ३१ , नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् जननायक विपी कोइरालाको  जन्म शताब्दिका अवसरमा विपी चिन्तन Aung San Suu  प्रतिष्ठानले राजधानीमा आयोजित प्रजातान्त्रिक समाजवादको भविष्य विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले एक विशेष कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ।

प्रस्तुत कार्यक्रममा म्यान्माकी प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा प्रमुख वक्ताका रुपमा सम्बोधन गदै शान्तिमार्फत नै सबै राजनीतिक समस्या समाधान हुने भन्दै उहाँले आफ्नो मुलुकमा प्रजातन्त्र स्थापनाका लगि शान्तिपूर्ण क्रान्ति गरिरहेको बताउनुभयो । तानशाही प्रबृत्ति विकास निर्माणको मुख्य बाधक भएको भन्दै उहाँले एकता, समानता र समावेशिताबाट नै समाजवादी लोकतन्त्र निर्माण हुने बताउनु भएको थियो। त्यस्तै सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला, एमालेका अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले स्वतन्त्रता, प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादको भविष्यका विविध पक्षका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । त्यस्तै सम्मेलनमा नेपालका तर्फबाट प्रा डा जयराज आचार्यले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने  प्राप्त समाचारमा उल्लेख   गरिएको छ ।