शनिबार, बैशाख १५, २०८१

एन्फा अध्यक्ष थापाले गरेको आर्थिक अनियमितताको छानबिन गर्न अख्तियारलाई २३ बुँदे ज्ञापन

काठमाडैं ज्येष्ठ ३१, व्यापक आर्थिक अनियमितता र पदीय दुरुपयोग गरेको आरोप लगाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षलगायतका पदाधिकारीले शुक्रबार आफ्नै अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा एन्फा अध्यक्षले एसियाली फुटबल महासंघ ९एएफसी० का विवादित पूर्वअध्यक्ष मोहमद विन हमामसँग लिएको एक लाख १५ हजार पाउन्ड र हमामसँगै थापाका छोरा ganesh-thapaगौरवले लिएको एक लाख अमेरिकी डलर रकमको विषयमा छानबिन गर्न माग गरिएको छ।

यसैगरी विश्व फुटबल महासंघ ९फिफा० र एएफसीबाट युवा परियोजनाका लागि प्राप्त हुने रकम र गोल प्रोजेक्टका लागि प्राप्त १० लाख अमेरिकी डलरको विषयमा पनि छानबिनको माग गरिएको छ। एन्फाका उपाध्यक्षद्वय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धरलगायतका पदाधिकारीले बुझाएको २३ बुँदे ज्ञापनपत्रमा एन्फाको पैसालाई अध्यक्ष थापाले गैरकानुनी रूपमा ब्याजमा लगाएको आरोप पनि लगाइएको छ। विदेशी प्रशिक्षकको नियुक्ति समेत अपारदर्शी रहेको आरोप पनि अध्यक्ष थापामाथि लगाइएको छ।

विभिन्‍न भौतिक पूर्वाधार निर्माणका कार्यहरू एन्फाको लेखा परीक्षण प्रतिवेदनमा देखिएको छैन, ती निर्माण कार्य हुँदा टिडिएस र भ्याट तिरेको पनि देखिँदैन। त्यसमा संलग्न कन्सल्ट्यान्सी र ठेकेदारलाई समेत बोलाई हालसम्म नउठेको राजस्व असुली गर्न पनि अनुरोध गरिन्छु, अख्तियारमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ। यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा टिकट बिक्रीबाट प्राप्त आम्दानीको सही तथ्याङ्क नराखिएको आरोप पनि थापामाथि लगाइएको छ।

कतारलाई सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता आयोजनाको अधिकार दिलाउन हमामले थापालाई करिब एक करोड ८२ लाख ५४ हजार दुई सय ७३ रुपैयाँ दिएको समाचार हालै बेलायती अखबार सन्डे टाइम्सले प्रकाशित गरेको थियो। कतारलाई विश्वकप आयोजनाको अधिकार दिने पक्षमा मतदान गरेबापत हमामले उक्त रकम थापालाई उपलब्ध गराएको समाचारमा उल्लेख छ। मतदानमा अफ्रिकी र दक्षिण एसियाली मुलुकका फुटबल पदाधिकारीलाई प्रभावित गर्न हमामले ठूलो रकम बाँडेको दाबी सन्डे टाइम्सले गरेको छ। सन्डे टाइम्सको विशेष रिपोर्टमा हमामले थापालाई सन् २०१० को मार्च र अगस्तमा एक लाख १५ हजार पाउन्ड उपलब्ध गराएको उल्लेख छ। त्यतिबेला हमामबाट आर्थिक लाभ लिनेमा दक्षिण एसियाली राष्ट्रका अन्य फुटबल पदाधिकारी पनि रहेको समाचारमा उल्लेख छ।

समाचारअनुसार हमामले ब्यांकिङ कारोवार गर्ने ुकेम्पो कम्पनीु मार्फत सम्बन्धित व्यक्तिको खातामा उक्त रकम पठाएका थिए। सन् २०१० मा थापा दक्षिण एसियाली फुटबल महासंघको अध्यक्ष थिए। हमामले दक्षिण एसियामा बंगलादेशलाई २५ हजार, पाकिस्तानलाई १५ हजार र अफगास्तिानलाई ४० हजार पाउन्ड दिएको दाबी अखबारले गरेको छ।  यसअघि पनि एन्फा अध्यक्ष थापाका छोरा गौरवलाई हमामले एक लाख अमेरिकी डलर दिएको समाचार सार्वजनिक भएको थियो। त्यतिबेला एन्फा अध्यक्षले हमामसँग एक लाख अमेरिकी डलर गौरवले लिएको कुरा व्यक्तिगत लेनदेनको विषय भएको दाबी गरेका थिए।  अन्नपूर्ण पोष्टबाट