बिहिबार, चैत्र १५, २०८०

ज्येष्ठ नागरिक उन्नत समाज निर्माणको एैना : उपप्रधानमन्त्री सिहं

काठमाडौँ अषाढ १, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानद्धारा प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा राजधानीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले ज्येष्ठ नागरिक समाजको संरक्षक एवम् प्रेरणाको स्रोत भएका कारण उनिहरुको अधिकारलाई सुनिश्चित गर्ने पक्षमा कुनै सम्भझैता हुन नहुँने भन्दै मुलुकमा जारी हुने नयाँ संविधानमा ज्येष्ठ नागरिकहरुको अधिकार संरक्षणका लागि आफ्नो तर्फबाट भरमग्दुर प्रयास हुने बताउँनु भएको छ ।

त्यस्तै उहाँले ज्येष्ठ नागरिक उन्नत समाज निर्माणको एैना भएको भएकाले राज्यले उनिहरुको सम्मानमा विशेष ध्यान दिनु पर्नेपक्षमा उहाँले विशेष जोड दिनु भएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले प्रतिष्ठानको आवश्यकता र औचित्यताको प्रसङमा बोल्नु भएको उक्त कार्यक्रममा उपप्रधानमन्त्री सिंहले प्रतिष्ठानको आजीवन सदस्यहरू डा. आनन्दप्रसाद श्रेष्ठ, नोबेल एकेडेमीका निर्देशक बद्रीपसाद श्रेष्ठलगायत करिब ११ जनालाई सदस्यता प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।