शनिबार, बैशाख १५, २०८१

विश्वकप महाङग्राममाआइभरी कोष्ट र इंग्ल्याण्ड पराजित,जापान ग्रिसवीच गोलरहित बराबरी

काठमाडौँ आषाढ ६, विश्वकप महाङग्राम अन्र्तगत विहीवार पौनैदस बजे भएको खेलमा आइभरी कोष्टलाई २ -१ अन्तरमा   हराउँदै कोलम्बिया विश्वकप फुटबलको समूह सी बाट प्रिक्वार्टरफाइनल प्रवेश गरेको छ । त्यस्तै गएराती उरुग्वेले इंग्ल्याण्डलाई २–१ अन्तरमा पराजित गर्दै Fifa2014WorldCupQualifiersइंग्ल्याण्डलाई अन्तिम १६ मा   पुग्नबाट रोक्ने संभावना देखाएको छ । यद्यपी इंग्ल्याण्डको अन्तिम १६ मा पुग्ने गणितीय संभावना भने कायमनै रहेको विश्लेषहरुले बताएका छन । आफ्नो पहिलो खेलमा इटालीसित हारेको इंग्ल्याण्डले यो विश्वकपमा उरुग्वेसित दोस्रो हार व्यहोरेको हो । यही समूहमा आफ्नो पहिलो खेल जितेका इटाली र कोष्टारिकाले आज राती खेल्ने छन् । यो खेल बराबरी नभए इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलसम्म प्रतियोगितामा टिक्ने उपनहरुले जनाएको छ । यसैगरि विश्वकपमै शुक्रवार  विहान भएको खेलमा जापानले ग्रिससँग गोलरहित बराबरी खेलेको छ । जापानसँगको खेलको ३८ औं मिनेटमा ग्रीसका कप्तान कोन्सटान्टिनोस दोस्रो पहेंलो कार्ड पाउँदै बाहिरिएपछि ग्रीस १० खेलाडीमा सिमित भएको थियो ।

यसैवीच आज नेपाली समय अनुसार राती पौने दश बजे समूह ‘डी’ र ‘इ’का खेलहरु हुँदैछन् । समूह ‘डी’को दोस्रो चरणको अन्तिम खेलमा राति पौने १० बजे इटाली र कोस्टारिका भिड्दै छन् भने समूह ‘इ’को खेलमा राति पौने १ बजे फ्रान्स र स्वीट्जरल्याण्ड भिड्दै छन् । यसअघिको पहिलो खेलमा दुवै टिमले जित हासिल गरेकामा यो खेलको विजेताले अन्तिम १६ स्थान पाउने छन ।

  त्यस्तै गरिी विश्वकप अन्तर्गत समूह ‘इ’को दोस्रो चरणको अन्तिम खेलमा शनिवार बिहान पौने ४ बजे होन्डुरस र इक्वेडरवीचको खेल हुँने छ ।यसअघिको आफ्नो खेलमा पराजित भइसकेका दुवै टिमलाई अर्को चरण प्रवेश सम्भावनालाई कायमै राख्न जित्नैपर्ने दबाब छ ।