शनिबार, बैशाख २९, २०८१

वाम आन्दोलनकी नेत्री प्रधानको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ ज्येष्ठ २६, प्रधानमन्त्री कोइरालाले स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पताल भर्ना  हुँनु भएकी वाम आन्दोलनकी नेत्री सहाना sahana-pradhanप्रधानको शीघ्र एवम् पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

त्यस्तै प्रम कोइरालाले विशेष निर्देशन सहित सरकारका निमित्त मुख्यसचिव कृष्णहरि बास्कोटा नेत्री प्रधनलाई उपचारार्थ भर्ना गरिएको बयोधा अस्पतालमा पुगी प्रम कोइरालाद्धारा अभिव्यक्त सन्देश उहाँका सुपुत्र उमेशलाई जानकारी गराउँनु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेत्री प्रधानलाई अहिले भेन्टिलेटरमा राखेर उपचार भईरहेको र उहाँको मस्तिष्कमा रगत जमेको तथा हाडजोर्नीको समस्या र फोक्सोमा समेत सङ्क्रमण रहेको अस्पतालले जनाएको छ ।