शुक्रबार, बैशाख १४, २०८१

बजेट तयारी पूर्वको छलफल आजबाट समाप्त

 biccकाठमाडौँ आषाढ ४, अर्थमन्त्री डा. रामशरण महतले बजेट पूर्व तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफलका लागि ससदमा पेस गर्नुभएको विनियोजन विधेयक उपरको जारी छलफल आजबाट समाप्त भएको छ ।

आजको छलफलमा सभासद्हरू सुशीला नेपाल, नवीन्द्रराज जोशी, सुरेन्द्रप्रसाद जैसवाल, उषा गुरुङ, रेखा शर्मा, कमलाकुमारी घिमिरे, निशाकुमारी साह, वीरबहादुर बलायर, अब्दुल हमित सिद्धिकी, रत्नादेवी गुरुङ, भेषकुमारी राउत, तारामान गुरुङ, श्रीमाया थकाली, तेजुुलाल चौधरी, इच्छाराज तामाङ, गङ्गालाल तुलाधर, शान्ता मानवी, अम्बिका खवास राजवंशी भाग लिनुभएको थियो । व्यवस्थापिका–संसदको अर्को बैठक यही असार १० गते मङ्गलबार साँझ ५ बजे बस्ने छ ।