बिहिबार, चैत्र १५, २०८०

आफ्नो स्वास्थ्योपचारप्रति निश्चिन्त रहन प्रमको आग्रह

साझेदार दलबीचको समन्वय कायमै रहने छ : कोइराला

काठमाडौँ अषाढ २, प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्य उपचारप्रति निश्चिन्त रहन देशवासीसँग आग्रह गर्नुभएको छ । स्वास्थ्योपचारका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि आज देशबासीका लागि एक सन्देश दिँदै उहाँले अत्याधुनिक चिकित्सा पद्धति, प्रविधि  Sushil र दक्ष चिकित्सकसहितको सुविधासम्पन्न अस्पतालमा परीक्षण हुने भएकाले आफू छिट्टै स्वस्थ भएर स्वदेश फर्कने विश्वास पनि त्यस अवसरमा प्म केइरालाले व्यक्त गर्नुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्न संविधानसभाभित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलले सुझबुझ र धैर्य कायम गरी आपसी सहकार्य, एकता र मेलमिलापको वातावरण बनाएको बताउँदै प्रधानमन्त्री कोइरालाले त्यस खालको व्यवहार आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गर्नुभएको छ ।

संविधान निर्माणलाई गति दिन र मुलुकमा दिगो शान्ति स्थापना गरी जनताको चाहनाअनुसार विकास निर्माण सम्पन्न गर्न सहमति र समझदारीको उच्च राजनीतिक संस्कारले आउँदा दिनमा पनि निरन्तरता पाउने विश्वास प्रधानमन्त्रीले लिनुभएको छ ।

उहाँले भन्नुभएको छ –“स्वास्थ्योपचारमा हप्ता–दश दिन लागे पनि राज्य सञ्चालनमा सरकारका साझेदार दलबीच रहिआएको उच्चस्तरको समन्वय कायम रहने तथा संविधानसभा र व्यवस्थापिका –संसद्का बैठक राम्ररी सञ्चालन हुने छ र राष्ट्रसेवक कर्मचारीको सेवास्तरमा कुनै कमी आउने छैन ।