शुक्रबार, बैशाख १४, २०८१

ज्येष्ठ नागरिकका समस्या समाधानका लागि प्रतिवद्ध छु: मन्त्री केसी

काठमाडौं आषाढ १३, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला बालबालिका तथा nilamसमाजकल्याण मन्त्री नीलम केसीले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। त्यस्तै उहाँले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनको लागि राज्य जिम्मेवार हुनुपर्ने भन्दै ज्येष्ठ नागरिकलाई कुनै पनि बहानामा उपेक्षा गर्न नहुने उहाँहरुलाई सम्मान गर्न राज्य चुक्न नहुँनेमा जोड दिनु भएको छ ।

कार्यक्रममा ज्येष्ठ नागरिक अगुवाहरुले अब बन्ने संविधानमा सम्मान पूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गर्न  माग गदै उनीहरुले स्वास्थ्य, आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने, सम्पत्तिमा आफुखुशी गर्न पाउनुपर्ने लगाएतका अधिकार सुनिश्चित गर्न समेत माग गरेका थिए ।

त्यस्तै गरि विश्वमा कुल जनसंख्याको १० प्रतिशत ज्येष्ठ नागरिक रहेके भन्दै ज्येष्ठ नागरिक महासंघका अध्यक्ष डा. गौशंकर लाल दास, प्राध्यापक डा. युवराज संगौला, कार्यक्रम संयोजक सुन्दर धौभडेल लगायतले ज्येष्ठ नागरिकका समस्यालाई अरु मुलुकको तुलनामा राज्यले उपेक्षा गर्दै आएको दावी प्रस्तुत गर्नु भएको थियो । नेपालमा कुल जनसंख्याको ८ दशमलव १४ प्रतिशत अर्थात २५ लाख ज्येष्ठ नागरिक रहेको बताइएको थियो ।