शुक्रबार, चैत्र १६, २०८०

मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने दुई विचौलिया पक्राउ, नक्कली प्रमाणपत्रधारी प्रसनि विरुद्ध मुद्दा दायर

काठमाडाँै आषाढ १३,    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने सदिप शाह र गोरखा जिल्ला सौरपानी–७ घर भई सामाखुसी बस्ने दलबहादुर तामाङलाई पक्राउ गरेको छ ।

 logoआयोगका अनुसार  शाह र तामाङले आयोगमा अनुसन्धानका क्रममा रहेको मुद्दा मिलाइदिन्छु भन्दै यातायात व्यवस्था विभागअन्तर्गतको सवारी चालक अनुमतिपत्र कार्यालय, बाग्मती, एकान्तकुना ललितपुरका कर्मचारी र सेवाग्राहीसँग घुस लिदै व्यापक अनियमितता एवम् भ्रष्टाचार गरेको  अनुसन्धानबाट खुलेको  जनाउँदै निजहरुलाई  आज पक्राउ गरेको र पक्राउ परेका दुवै जनालाई हिरासतमा लिई अनुसन्धान अगाडि बढाइएको आयोगले जनाएको छ ।

यसैवीच आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भएको भन्दै एक प्रहरी सहायक निरीक्षकविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार प्रहरी प्रधान कार्यालयअन्तर्गत ट्राफिक प्रहरी कार्यालय, नुवाकोटमा कार्यरत प्रहरी सहायक निरीक्षक रामशरण उप्रेतीले बढुवा प्रयोजनका लागि पेस गरेको प्रमाणपत्र नक्कली भएको ठहर गर्दै आयोगले मुद्दा दर्ता जारी विज्ञप्तिमा जनाएको छ । हो ।