बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री कोइरालाको स्वास्थ्यलाभको कामना

nc jhandaकाठमाडौ आषाढ १३, नेपाली काँग्रेस काठमाडौँको आज बसेको बैठकले काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यलाभको कामना गरेको छ । उपचारका लागि गत आषाढ २ गते अमेरिका जानुभएका प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्थाको सवालमा देखिएको गम्भिर  समाचारले दुःखि तुल्याएको काठमाडौ काँग्रेसका सभापति भीमसेनदास प्रधानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले प्रधानमन्त्रीको स्वास्थ्लाभको कामना गर्दै उहाँकै नेतृत्वमा मुलुकले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पाउन सकोस भनी प्राथना गर्ने निर्णय गरेको जनाइएको छ । त्यस्तै विज्ञप्तिमा बैठकले तत्कलीन काँग्रेस सभपति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ९१ औँ जन्मजयन्तिका अवसरमा यही आषाढ १८ देखि २० गतेसम्म काठमाडौँमा बागमती अञ्चलस्तरिय कार्यत्रर्ता प्रशिक्षण कार्यक्रम गर्ने निर्णयसमेत गरेको उल्लेख गरिएको छ ।