शुक्रबार, बैशाख १४, २०८१

सैन्य तालिमका सम्बन्धमा सभासदहरुवीच मतान्तर

छलफलपछि असहमतिका बुँदाहरूलाई सहमति जुटाउन सम्वाद समितिमा पठाइयो

काठमाडौँ ज्येष्ठ ७, संविधानसभाको आजको बैठकमा संविधान अभिलेख अध्ययन तथा निक्र्योल समितिको प्रतिवेदन माथिको छलफल जारी छ । caछलफल अन्र्तगत १८ वर्ष पुगेका नेपाली नागरिकलाई सैनिक तालिम दिने नदिने भन्ने सम्बन्धमा सभासदवीच मतान्तर देखिएको छ । प्रस्तुत विषयमा काँग्रेस र एमाले सम्वद्ध सभासदहरुहरूले सैन्य तालिमको विपक्षमा अभिव्यक्ति दिदै सरकारीस्तरमा युवालाई बन्दुक होइन कलम दिइनुपर्ने, उनीहरूलाई सीपमूलक तालिमको आवश्यकता भएको, भौतिक पूर्वाधारसम्बन्धी प्रशिक्षण दिएर आत्मनिर्भर बनाउनुपर्ने विचार व्यक्त गर्नु भएको थियो । दिनुभएको छभने माओवादीलगायत अन्य दलका सभासदहरुले विषयको पक्षमा मत जाहेर गर्दै देशको सार्वभौमसत्ताको रक्षा, राष्ट्रिय अखण्डताको सम्बद्र्धन गर्न सैन्य तालिम र सैन्य विज्ञान अध्ययन जरुरी भएको अभिव्यक्ति दिनुुभएको थियो ।

अन्नतत संविधानसभाको बैठकले तत्कालीन राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका असहमतिको निक्र्याेलसम्बन्धी प्रतिवेदनमा भएका असहमतिका बुँदाहरूलाई सहमति जुटाउन सम्वाद समितिमा पठाइएने भएको छ । चार दिनसम्म पक्ष विपक्षमा भएको व्यापक बहस र छलफलपछि असहमतिका बुँदाहरूलाई सहमति जुटाउन सम्वाद समितिमा पठाइएको हो । संविधानसभाको अर्को बैठक बिहीबार अपराह्न १३ः०० बजे बस्नेछ ।