बुधबार, बैशाख १२, २०८१

प्रधानमन्त्री मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रम कोइराला सोमबार भारत भ्रमणमा जाने

काठमाडौँ ज्येष्ठ ८, भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुुशील कोइराला यही ज्येष्ठ susil koi१२ गते भारत जानुहुने कार्यक्रम तय भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री कोइरालाको भारत भ्रमण तय गरेको जानकारी दिदै सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री कोइरालाले भारतको नयाँ दिल्लीमा शपथ कार्यक्रमपछि द्विपक्षीय वार्ताका साथै भारतका अन्य नेतासँग पनि भेटघाट गर्नु कार्यक्रम समेत मिलाईएको बताउँनु भएको छ ।

त्यस्तै आजको बैठकले सरकारका सचिव सुरेशमान श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, सचिव भोला शिवाकोटीलाई श्रम तथा रोजगार मन्त्रालयमा र सचिव मधु रेग्मीलाई निर्वाचन आयोगमा सरुवा तथा पदस्थापन गरेको छ ।