शनिबार, बैशाख १५, २०८१

युवालाई सैन्य तालिम भन्दा पनि व्यवसायमूलक र बौद्धिक तालिम आवश्यक : सभासद

काठमाडौँ ज्येष्ठ ७, संविधानसभाको मंगलवारको बैठकमा तत्कालीन राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका असहमतिको निक्र्यौलसम्बन्धी प्रतिवेदनमा छलफल प्रारम्भ भएको छ ।

caबैठकमा संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको प्रतिवेदनमा उल्लेख भएको १८ देखि २५ वर्षसम्मका युवालाई सैन्य तालिम दिने विषयको छलफलमा भाग लिदै सभासद्हरू क्रमस उषा गुरुङ, सुजाता कोइराला, भरतमोहन अधिकारी, रत्न शेरचन, सोमप्रसाद पाण्डे, अर्जुननरसिंह केसी, केशव बडाल, जगदीशनरसिंह केसी सिद्धिलाल सिंह, विकास लम्साल, अर्जुनप्रसाद जोशीलगायतले सत्तरी लाख युवालाई सैन्य तालिम दिँदा राष्ट्रको २१ अर्ब खर्च हुने भएकाले सैन्य तालिमभन्दा अन्य व्यवसायमूलक, बौद्धिक विकास, वातावरण संरक्षण, स्वास्थ्योपचारजस्ता तालिम दिइनुपर्नेमा जोड दिनुभएको थियो भने सभासद् छायाँ शर्मा पन्त, रामनारायण विडारी, योगेन्द्र तामाङ, ओमवीर शेर्पालगायतले राष्ट्रलाई विपत्ति पर्दा र विदेशीको आक्रमणविरुद्ध लड्नुपर्दा विद्यमान सेना अपुग हुने भएकाले युवालाई तालिम दिन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

आजको छलफलमा भाग लिने सभासद्को बोल्ने क्रम बाँकी रहेकाले भोलिको बैठकमा पनि छलफल हुनेछ । त्यस्तै हिजोको बैठकमा प्रस्तुत विषयमा बोल्ने सभासदहरुको क्रम जारी रहेकाले आज दिउँसो १ बजे बस्ने बैठकमा पनि प्रस्तुत प्रसंगमा छलफल जारी रहने बताइएको छ ।