शुक्रबार, बैशाख १४, २०८१

लोकतान्त्रिक उपलब्धिीलाई संस्थागत गर्नु आजको आवश्यकता : उपराष्ट्रपति झा

काठमाडौँ ज्येष्ठ १५, सातौँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँद उपराष्ट्रपति परमानन्द झाले सार्वभौम नेपाली जनताले आफ्नो parmanadha jhaनागरिक हक अधिकारका लागि वर्षौंदेखि अनवरतरूपमा गरेका सङ्घर्षहरूको परिणामस्वरूप स्थापित गणतन्त्र र लोकतान्त्रिक उपलब्धिीलाई संस्थागत रूपमा अझै मजबुत पार्नुपर्ने आजको टड्कारो आवश्यकता र अपरिहार्यता रहेको बताउनुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ – जनचाहना बमोजिम लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालमा जनप्रतिनिधिमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुन सक्दछ भन्नेमा कुनै द्विविधा छैन । यसका लागि राजनीतिक दलहरूबीच सहमति र सहकार्यको अर्को विकल्प छैन । यसै सन्दर्भमा गणतन्त्र दिवसको शुभ अवसरमा तोकिएको समयमा नै नेपाली जनताको चाहनाअनुसारको लोकतान्त्रिक संविधान जारी गर्न सफलता मिलोस् भनी हार्दिक कामनासमेत गर्न चाहन्छु ।