शुक्रबार, बैशाख १४, २०८१

गणतन्त्र दिवसको शुभकामना दिदै प्रम कोइरालाले भने निर्वाचन मार्फत प्राप्त जनादेश पूरा गर्न प्रतिवद्ध छु 

काठमाडौँ ज्येष्ठ १५, प्रधानमन्त्री सुशील कोइरालाले गणतन्त्र दिवस २०७१ को अवसरमा नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन हालसम्मका  Sushil आन्दोलनमा आफ्नो बलिदान दिनुहुने समस्त ज्ञात अज्ञात शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सवै नेपालीमा गणतन्त्र दिवस २०७१को शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यस्तै सन्देशमा उहाँले संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताले हालसम्मका बलिदानपूर्ण आन्दोलनबाट स्थापित उपलब्धिहरूलाई संस्थागत गदै संविधान बनाएर मुलुकमा प्रजातान्त्रिक संविधानमार्फत आर्थिक समृद्धिको माग पहिल्याउँन दिएको जनाआदेशलाइ पुरा गर्न आफ्नो नेतृत्वमा रहेको संयुक्त सरकार प्रतिवद्ध रहेको बताउँनु भएको छ ।