शुक्रबार, बैशाख ७, २०८१

निर्धारित समयावधि भित्रै नयाँ संविधान : राष्ट्रपति डा यादव

काठमाडौँ ज्येष्ठ १५, राष्ट्रपति डा रामबरण यादवले मुलुकमा गणतन्त्र र लोकतान्त्रिक शासन पद्धति स्थापना गर्ने क्रममा विभिन्न कालखण्डमा rbyसहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदप्रति हार्दिक सम्मान र श्रद्धा अर्पण गर्नुभएको छ । सातौँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति डा यादवले राजनीतिक दलहरूले कबुल गरेको समयावधि भित्रै नयाँ संविधान निर्माण गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

सन्देशमा भनिएको छ–सात वर्षदेखि बाटो हेरिरहेका जनता अब बाचा र आश्वासन होइन, नयाँ संविधान कै प्रतिक्षामा रहेको र संविधानसभाबाट अपेक्षित अवधिमा संविधान बन्न नसक्दा राष्ट्रको मनोबलमा प्रतिकूल असर पर्न गएको तथ्यप्रति यहाँ सबैको ध्यान जानु उचित हुन्छ ।

संविधानको आधारशीलामा नै भविष्यको समृद्ध नेपालको जग ठडिने भएकाले नयाँ संविधान सबै दृष्टिबाट सन्तुलित, लोकतान्त्रिक र समावेशी हुनु अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ संविधानको प्रमुख उद्देश्य राष्ट्रिय एकता र अखण्डता तथा सामाजिक सद्भाव र सामञ्जस्यताको सुदृढीकरण हुनुपर्ने कुरामा अवश्य पनि विमति हुनेछैन भनिएको छ । त्यस्तै दोस्रो संविधानसभाको आम निर्वाचनको परिणामले राष्ट्रिय राजनीतिकलाई पुनः गन्तव्यतर्फ उन्मुख गराएको छ, सँगै मुलुकमा आशा र विश्वासको वातावरण सिर्जना गर्न सघाएको बताउँदै राष्ट्रपतिले सन्देशमा एकपछि अर्को ठूलो जनआन्दोलन तथा स्वतन्त्र आमनिर्वाचनहरू सफलतापूर्वक सम्पन्न गर्न सक्षम हामी नेपालीहरू त्यस्ता आन्दोलन र निर्वाचनबाट प्राप्त परिणामलाई चुस्तरूपमा संस्थागत गर्न चाहिँ किन पछि पर्छौ भन्ने विषयमा हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी भएको बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930