शनिबार, बैशाख १५, २०८१

राष्ट्रपतिद्वारा १ सय ५५ जना कैदीको बाँकी कैद मिनाहा

काठमाडौँ ज्येष्ठ १५,  सातौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम rambaran-yadavमन्त्रिपरिषद्को सिफारिसमा  मुलुकका विभिन्न कारगारमा सजाय भोगी रहेका १ सय ५५ जना कैदको बाँकी कैद मिनाहा गर्दै उनीहरूलाई कारगार मुक्त गर्न गरेको सिफारिस सदर  गर्नु भएको छ ।

मन्त्रिपरिषद्को बुधबार राति प्रधानमन्त्री निवासमा भएको बैठकले असल चालचलन एवम् व्यवहार प्रदर्शन गर्ने ती कैदीको बाँकी सजाय माफी गर्ने निर्णय गरेको थियो । रातिनै गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष उक्त सिफारिस प्रस्तुत गरेको हो ।