शुक्रबार, बैशाख १४, २०८१

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा तीन सय तीन जनालाइ मानपदवी प्रदान

  •  स्व:  पूर्व प्रम गिरिजाप्रसाद कोइरालालाई नेपाल रत्नले मरणोपरान्त सम्मानित
  •  स्व: शैलजा आचार्य एवं स्व: भिमबहादुर तामाङलाई महाउज्जवल राष्ट्रदीपसम्मानबाट  मरणोपरान्त सम्मानित

काठमाडौं ज्येष्ठ १५, ७औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले बुधवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गरेका समाजका विभिन्न वर्गका ३ सय ३ जनाव्यक्तिलाई यस वर्ष मानपद्वी र विभुषण प्रदान गर्न निर्णय गदै राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

rby जस अनुसार २२७ जनालाई मानपदवी, २६ जनालाई अलङ्कार र ५० जनालाई पदक प्रदान गरिएको  छ ।आज मानपदवी पाउँनु हुने महानुभावहरु क्रमस निम्नानुसार रहेको छ ।

स्व:  पूर्व प्रम गिरिजाप्रसाद कोइरालालाई नेपाल रत्नले मरणोपरान्त सम्मानित गरिएको छ । त्यस्तै, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई महाउज्जवल राष्ट्रदीप (प्रथम श्रेणी) ले सम्मानित गरिएको छ । स्व: शैलजा आचार्य एवं स्व: भिमबहादुर तामाङलाई मरणोपरान्त उक्त पदकबाट सम्मान गरिएको हो । त्यस्तै, पत्रकारहरु किशोर नेपाल, धर्मेन्द्र झा, पन्नालाल गुप्ता, दुर्गा बराल आरटी चटौत र प्रताप विष्ट पनि राष्ट्रपतिबाट पदक पाउने सूचीमा परेका छन् ।

मानपदवी पाउँनेको सूची हेर्न यहाँ क्लिक गर्नुहोला