शनिबार, बैशाख १५, २०८१

प्रेमीले गरे प्रेमिकाको घरमै झुन्डिएर आत्माहत्या

काठमाडौं ज्येष्ठ १४,मनिका झा /          एकतर्फी प्रेममा परेका एक युवकले प्रेमिकाकै घरमा झुन्डिएर आत्महत्या गरेका छन्। पौडेश्वर गाविस ८ स्थायी घर भएर हाल जनकपुरको कदमचोकमा बस्दै आएका २० वर्षीय रामउदय यादवले क्याम्पसचोक ४ स्थित विनोद साहको घरको छतमा रहेको imagesपिलरमा डोरीको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। साहको घरमा सोमबार राति फोन गरेर धम्की दिँदै यादवले भनेका थिए, तिम्री छोरीसँग मेरो बिहे भएन भने म तिम्रो घरअगाडि ज्यान दिन्छु। साहले यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा फोन गरेर आफूलाई धम्की आइरहेको जानकारी गराएका थिए।

राति १२ बजेसम्म त्रासले घरका सबैजना निदाएका थिएनन्। बिहान साढे ५ बजे घरको तल्लो तल्लामा भाडामा बस्नेहरूले यादवको झुन्डिएको देखेपछि होहल्ला गरेका थिए। त्यसपछि उनको मृत्युबारे जानकारी पाएको प्रहरी निरीक्षक हरिनन्दन चौधरीले बताए।करिब तीन महिनादेखि यादवले साहकी छोरीलाई एकोहोरो प्रेम गर्दै आएका थिए। उनले साहको घरको फोनमा पटकपटक फोन गरेर मानसिक यातना दिने गरेको परिवारका सदस्यले बताए। साहले परिवारलाई मानसिक यातना दिएको भन्दै जिप्रकामा उजुरीसमेत दिएका थिए। उजुरीपछि यादवलाई पक्राउ गरी प्रहरीले उनीमाथि सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी गरेको थियो।

तर यादवका दाइ विजय र उनका परिवारले अबदेखि यस्तो गल्ती नदोहोस्याउने भनेपछि कागत गराएर यादवलाई छाडिएको निरीक्षक चौधरीले बताए। एक साता अघिदेखि साहकी छोरीलाई विद्यालय जाँदा जिस्क्याउने, उनलाई प्रेमप्रस्ताव राख्ने र घरमा फोन गरेर दिक्क लगाउने गरेपछि साहले प्रहरीमा उजुरी दिएका थिए। दुई दिनअघिदेखि प्रहरीले यादवको खोजी गरेको चौधरीले बताए।
ुराति साहले हामीलाई फोन गरेर यादवले पुनस् धम्की दिएको जानकारी गराएका थिए। हामीले उनलाई जसरी पनि भेट्न बोलाउनुस् अनि हामी समात्छौं भनेर सिकाएका थियौं तर राति सबैजना सुतेपछि साहको घरको छतमा चढेर यादवले आत्महत्या गरेका रहेछन्ु, चौधरीले भने। यादवको शव प्रहरीले पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ। यस क्षेत्रमा पछिल्लो समयमा एकतर्फी प्रेमका कारण आत्महत्या गर्ने युवाको संख्या बढेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोष्ट