शुक्रबार, चैत्र १६, २०८०

मुलुकमा आमूल परिवर्तन शोच कार्यान्वयनगर्छु भन्दा नौ महिनामै सत्ता छोड्नु परेको पूर्वप्रम दाहालको खुलासा

काठमाडौँ ज्येष्ठ १४, एमाओवादीका अध्यक्ष एवम् पूर्व प्रम पुष्पकमल दाहालले उच्चमाध्यमिक शिक्षा एसोसियसन नेपाल (हिस्टान)को आज यहाँ dhaallआयोजित राष्ट्रिय भेलाको उद्घाटन गर्दै सम्बोधनको क्रममा आफ्नो कार्यकालमा मुलुकको मुहार फेर्ने कार्यको थालनी गर्न खोज्दा आफुले नौ महिनामै सत्ता छोड्नु परेको खुलासा गर्नु भएको छ । त्यस्तै उहाँले आशातितरुपमा गुणस्तरीय शिक्षाको आशा गने हो भने शिक्षकको सेवा सुविधामा सुधार गर्नु जरुरी रहेको बताउँनुभएको थियो ।

त्यस्तै कार्यक्रमका अर्का वक्ता  माओवादीका उपाध्यक्ष सिपी गजुरेलले उच्च माध्यमिक तहलाई राज्यले प्राथमिकतामा राखेर शिक्षक र विद्यार्थीको सेवा सुविधा वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो भने काँग्रेस नेता अर्जुननरसिंह केसीले उच्च माध्यमिक तहका विद्यार्थी र शिक्षकको स्तरोन्तीका लागि राज्यले प्रयाप्त लगानी गर्न नसक्दा समस्या देखिएको बताउँनु भएको छ ।

त्यस्तै नेकपा एमालेका नेता गङ्गालाल तुलाधरले आफू शिक्षामन्त्री हँुदा उमावी तहका शिक्षकका लागि दरबन्दीको व्यवस्था गरेको जानकारी गराउँदै लक्ष्य अनुरुपको प्रतिपफल आशा गर्नै हो भने विद्यमान शिक्षा ऐनमा सुधारगर्नु पर्नेमा जोड दिनु भएको थियो ।  कार्यक्रममा एमालेका युवा नेता रवीन्द्र अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य डा यज्ञबहादुर कार्की, हिस्टानका अध्यक्ष दीपकराज सुवेदी, अविभावक सङ्घका उपाध्यक्ष केशव पुरी, शिक्षा मन्त्रालयका उपसचिव बोधराज निरौलालगायतले उच्च माध्यमिक तहका शिक्षकको समस्याका बारेमा चर्चा गर्दै समस्या समाधानका लागि सहयोग गर्ने बताउनुभएको थियो ।