बिहिबार, बैशाख १३, २०८१

गणतन्त्र दिवस २०७१ भव्यरुपमा मनाउन सरकारको आग्रह

काठमाडौं ज्येष्ठ १३ , सरकारले गणतन्त्र दिवस २०७१को अवसरमा भोली ज्येष्ठ १४गते देखि तीन दिनसम्म १४ १५ र १६ गते विविध कार्यक्रमका साथ आ–आफ्नो कार्यालय एवम् घरघरमा दीपावली गरी मनाउँन आम देशवासीहरुमा अनुरोध एव्म आग्रह गरेको छ ।

 Ganatantra-Diwas-Paper-220x160त्यस्तै गणतन्त्र दिवस २०७१ ज्येष्ठ १५ गतेका दिन सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरु, संविधानसभाका सभासद्, संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका प्रमुख, पदाधिकारी एवम् कार्यकर्ता नेपाल सरकारका निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारी प्राध्यापकलगायतलाई सहभागी हुन अनुरोध गरिएको छ भने मोफसलमा सदरमुकाम, उप–महानगरपालिका, नगरपालिका र गाविसलगायत स्थानीयस्तरमा गणतन्त्र दिवसका उपलक्ष्यमा अयोजना गरिने विविध कार्यक्रममा समाजका सबै वर्ग, व्यवसाय र क्षेत्रका महानुभावहरु व्यापकरुपमा सहभागी हुन र उक्त तीनै दिन साँझ दीपावली गरिदिनुहुन गणतन्त्र दिवस मूल समारोह समितिले अनुरोध गरेको छ ।