शनिबार, बैशाख १५, २०८१

अश्लिल हर्कत गरेको आरोपमा पूनम पक्राउ

एजेन्सी बैशाख २०, मोडल तथा अभिनेत्री पूनम पाण्डे अक्सर कुनै न कुनै गतिविधिका कारण चर्चामा रहने गर्छिन् । चर्चामा रहनका लागि उनले punamआफूलाई नङ्ग्याउन बाँकी राखेकी छैनन् । ट्वीटरमा आफ्ने उत्तेजक तस्वीर पोष्ट गरेर उनी आफ्ना प्रशंसकहरुलाई ट्रीट गर्छिन् । तर, उनको यही हर्कतले शुक्रबार उनलाई प्रहरीले हिरासतमा लिएको छ। मुम्बईको मीरा रोड प्रहरीले पूनम पा९ण्डेलाई शुक्रबार अबेर राति मिरा रोडस्थित शिवार गार्डनबाट अश्लिल हर्कत गरिरहेको देखेपछि हिरासतमा लिएको हो । यद्यपि यो पहिलो पटक भने होइन। उनी यसअघि पनि सार्वजनिक स्थलमा अश्लिल हर्कत गरेको आरोपमा उनलाई पटकपटक चेतावनी दिइएको थियो । शुक्रबार अबेर राति पूनमलाई निकै समय प्रहरी कार्यालयमा राखियो । मुम्बई पुलिस एक्टको धारा ११० र ११७ अनुसार कारबाही र वार्निङ दिएर उनलाई रिहा गरिएको थियो ।