शुक्रबार, बैशाख १४, २०८१

ज्यान मुद्दामा पक्राउ परेका सभासद् साहबारे सूचना सार्वजनिक

काठमाडौँ वैशाख २१ , संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले सभासद् सञ्जय साह कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको सूचना bicc 1 (1)सार्वजनिक गर्नुभएको छ । महासचिव भट्टराईले आज सार्वजनिक गर्नुभएको सूचनामा भनिएको छ– ‘कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको सिलसिलामा माननीय सभासद् साहलाई आजै पक्राउ गरिएको हुँदा अन्तरिम संविधानको धारा ५६ (५) बमोजिम संविधानसभा अध्यक्षलाई जानकारी गराइएको हुनाले निज सभासद्लाई संविधासभा नियमावलीको नियम १६३(३)को व्यवस्था आकर्षित हुने हुँदा सोही नियमको उपनियम (२) बमोजिम सम्बन्धित सबैका लागि जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ सो नियमावलीको उपनियम २ मा फौज्दारी अपराधमा कुनै सभासद् पक्राउ भए संविधानसभा चलिरहेको अवस्थामा सभालाई जानकारी गराउने र उपनियम ३ मा संविधानसभा नचलेको अवस्थामा सूचना प्रकाशित गरी सार्वजनिकरूपमा जानकारी गराउने व्यवस्था भएको संसद सचिवालयले जनाएको छ ।