बिहिबार, चैत्र १५, २०८०

आजदेखि कक्षा १२ को परीक्षा सुरु

भक्तपुर वैशाख १९ ,उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । आउँदो वैशाख ३० गतेसम्म HSEBसञ्चालन हुने कक्षा १२ को परीक्षा आज बिहान ७ बजेबाट देशभर शान्तिपूर्णरुपमा सुरु भइरहेको जनाउँदै परीक्षामा देशभरबाट कुल तीन लाख ८१ हजार ३२२ जना सहभागी भएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ । देशभर रहेको तीन हजार ५९६ उच्च माध्यमिक विद्यालयहरुबाट परीक्षार्थी सहभागी भएका छन् । परिषद्ले परीक्षाका लागि देशभर ९४६ परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरेको जनाएको छ ।