शुक्रबार, बैशाख १४, २०८१

शान्तिसम्बन्धी गतिविधिविरुद्ध सहायता नगरेको नर्वेली राजदूतावासको स्पष्टोक्ति

 काठमाडौँ वैशाख ५, नर्वेले नेपालमा शान्तिसम्बन्धी गतिविधिविरुद्ध सहायता नगरेको स्पष्ट गरेको छ ।  नेपालमा नर्वेली सहायता दुरुपयोग भएको आरोपयुक्त timthumbसमाचार सार्वजनिक भएपछि यहाँस्थित नर्वेली राजदूतावासले आज विज्ञप्ति जारी गरी ग्रामीण विकास, नवीकरणीय ऊर्जा, मानवअधिकार, लैङ्गिक समानता, प्रजातन्त्र, शान्ति र मेलमिलापका निम्ति नेपालमा सहयोग गर्दै आएको प्रस्ट गरेको छ । ‘सबै नर्वेली सहायता पारदर्शी छन् र दूतावासको वेबसाइटमार्फत ती सार्वजनिक हुने गरेका छन्, हाम्रा साझेदार दर्ता भएका र नेपालको समाजकल्याण परिषद्बाट अनुमति प्राप्त छन्’, विज्ञप्तिमा भनिएको छ ।

‘हिमाल साउथ एसिया’ नामक खबरपत्रिकाले सहायता रकम दुरुपयोग गरेको दूतावासलाई नलागेको उल्लेख गर्दै विज्ञप्तिमा ती गम्भीर आरोपको छानबिन गरिने जनाइएको छ । प्रारम्भदेखि नै नेपालको शान्ति प्रक्रियामा नर्वेले सघाउँदै आएको र त्यसप्रति दृढ रहेको जनाउँदै विज्ञप्तिमा नयाँ विश्वासिलो सहयोगी मुलुकका नाताले नर्वेले संविधानलाई अन्तिम रुप दिने कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।