शुक्रबार, चैत्र १६, २०८०

व्यवस्थापिका संसद्को आजको बैठकमा बेपत्ता व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पेस

काठमाडौँ वैशाख ५, व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारले द्वन्द्वकालका घटनाको छानबिन गर्न बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरुपण resize_imageतथा मेलमिलाप आयोग विधेयक पेस गरेको छ । निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको बैठकमा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले ‘बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक, २०७०’ पेस गर्नुभएको हो ।

प्रमुख दलका नेताहरूबीच आजै संविधानसभा भवनमा भएको छलफलमा द्वन्द्वकालका मुद्दाको छानबिन र सत्य निरुपण आयोगमार्फत नै सबै प्रक्रिया अगाडि बढाउने सहमति भएपछि दुई दिनदेखि अवरुद्ध बैठक सञ्चालन भएको हो । आगामी दिनमा द्वन्द्वकालका मुद्दाहरूलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत समाधान गरिने र सामान्य कानुनअनुसार कुनै पनि मुद्दा नचलाउने प्रतिबद्धता सरकारले व्यक्त गरेपछि संसद् बैठक सञ्चालनका निम्ति आफूहरू सहमत भएको जानकारी एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सञ्चारकर्मीलाई दिनुभएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक वैशाख ७ गते दिउँसो २ बजे बस्ने छ