शुक्रबार, बैशाख १४, २०८१

जेष्ठ नागरिकलाई एकमुष्ट भत्ता वितरण

 काठमाडौँ वैशाख ५, काठमाडौँ महानगरपालिकाले २३औँ नगरपरिषद्को निर्णयअनुसार पहिलो पटक जेष्ठ नागरिकलाई जनही एकमुष्ट रु १० हजार भत्ता10269584_10200765599541475_663635763809955166_n  वितरण गरेको छ । महानगरपालिका वडा नं १५ मा स्थायी बसोबास गर्ने ८८ वर्ष उमेर पूरा भएका १३ जना जेष्ठ नागरिकलाई स्वयम्भूस्थित वडा कार्यालयमा वार्षिक भत्तास्वरुप सो रकम आज वितरण गरिएको काठमाडौँ महानगरपालिकाले वडा न् १५ले जनाएको छ ।

काँग्रेस केन्द्रीय सदस्य एवम् सभासद नविन्द्रराज जोशीले  एक कार्यक्रमकावीच  भत्ता वितरण गर्दै   महानगरसँग जेष्ठ नागरिकहरुलाई दिनको समयमा स्याहार गर्ने केन्द्र स्थापना गर्न र अपाङगता भएका व्यक्तिहरुलाई जीवन उपयोगी तालिम तथा क्षमता विकास गर्ने खालको तालिम केन्द्र स्थापना गर्न आग्रह गर्नुभभएको थियो ।  त्यस्तै वडा १५ का प्रशासकीय प्रमुख शिवजी भट्टराईले आफ्नो वडाबाट संकलित राजस्वको ५ प्रतिशत यस क्षेत्रमा खर्च गर्ने हो भने ७० बर्ष उमेर पूरा गरेका सम्पूर्ण नागरिकलाई भत्ता दिन पुग्ने अभिव्यक्ति पोख्नु भएको उक्त कार्यक्रममा   महानगरका सामाजिक विकास महाशाखा प्रमुख राज्यप्रकाश प्रधानाङ्गले जेष्ठ नागरिकलाई एकमुष्ट १० हजार रुपैयाँ प्रदान गर्ने क्रममा वडा नं. १५ को कार्यक्रम आफैमा महत्वपैर्ण भएको बताउँनु भएको थियो । (फोटो चन्द्रमणि भटटराई)