बुधबार, बैशाख १२, २०८१

शनिबार र आइतबार २४ लाख बालबालिकालाई भिटामिन ए खुवाउँदै

 काठमाडौँ वैशाख ५,सरकारले यही वैशाख ६ र ७ गते देशका पचहत्तरै जिल्लाका ६ महिनादेखिका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए को कमीले CLF-05541-8हुने आँखा सम्बन्धी रोगहरुको रोकथाम गर्ने लक्ष्य सहित भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।  यस अभियानअन्तर्गत करिब २४ लाख बालबालिकालाई भिटामिन ए र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका करिब २२ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

देशका सबै नगरपालिका र गाउँ विकास समितिका हरेक वडामा तोकिएको केन्द्रमा स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने व्यवस्था मिलाइएको मन्त्रालय अन्तरगत बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।