शनिबार, बैशाख १५, २०८१

फुजेल प्रकरणका विरुद्घमा एमाओवादीद्वारा आन्दोलन घोषणा

फोटो : ईकान्तिपुर

 काठमाडौँ वैशाख २ ,गोरखा फुजेल प्रकरणका विरुद्धमा एनेकपा माओवादीले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । सरकारले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा प्रकाउ परेकाहरूलाई अदालतमा मुद्दा दर्ता गराएपछि एमाओवादीले आन्दोलन गर्ने निर्णय गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रम अनुसार आज चितवनमा कोणसभा गर्ने, भोलि गोरखामा प्रदर्शन तथा कोणसभा र बिहीबार देशभर विरोध प्रदर्शनसहित कोणसभा गर्ने कार्यक्रम रहेको बुझिएको छ । साथै बैठकले यसअघि राजधानीमा गर्ने भनिएको एमाओवादीको राष्ट्रिय सम्मेलन आगामी वैशाख १८ गते मे दिवसका दिन विराटनगरमा हुने निर्णयसमेत गरेको सम्वद्ध स्रोतले जनाएको छ ।