शुक्रबार, चैत्र १६, २०८०

छैठौं पटक जुजुभाइले जिब्रो छेडे (फोटो फिचर )

काठमाडौँ वैशाख २, विस्केट जात्राको अवसरमा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज दिउँसो सम्पन्न भएको छ । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेका थिए । जात्रामा आज थिमी बोडे–१ का ३४ वर्षीय जुजुभाइ बाँस श्रेष्ठले छैठौंपटक सयौँ मानिसका अगाडि जिब्रो छेडेका छन् ।

20140415-20140415-_MG_2874_9534 20140415-20140415-_MG_2912_9572 20140415-20140415-_MG_2950_9609 20140415-20140415-_MG_2982_9642 20140415-20140415-_MG_2993_9652 20140415-20140415-_MG_2443_9104 20140415-20140415-_MG_2490_9151 20140415-20140415-_MG_2590_9250 20140415-20140415-_MG_2665_9326

कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो १:३५ बजे बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले जिब्रो छेडिएको हो । जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर टोलटोल घुमेका श्रेष्ठले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको काठमा ठोकिएको थियो । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लगाउनु नपर्ने विश्वास गरिन्छ ।