बिहिबार, बैशाख १३, २०८१

एनओसीले बक्यौता भुक्तानी गर्न नसक्दा राजधानीम पेट्रोलियम पदार्थको अभाव

 काठमाडौँ वैशाख २, भारतीय आयल निगम (आइओसी)लाई बक्यौता रकम समयमै भुक्तानी नहुँदा राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको छ । नेपाल आयल निगम (एनओसीले) (आइओसीलाई) गत फेब्रुअरीदेखि यता रु पाँच अर्ब बक्यौता भुक्तानी गर्न बाँकी छ । नेपाल सरकारसँग आइओसीलाई तीर्न बाँकी oilबक्यौता रकम उपलब्ध गराइदिन अनुरोध गर्दा पनि त्यसको सुनुवाइ नुहुँदा समस्या भएको बताइएको छ ।

निगमले आज पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आइओसीलाई तीर्न पर्ने रकम र आयात भएको पेट्रोलियम पदार्थका सम्बन्धमा जानकारी गराएको निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आइओसीले कटौती गरेको तेलको मात्रालाई पूर्ति गर्न निगमसँग मौज्दातबाट वितरण गर्न सुरु गरिएको छ । निगमसँग ३४ हाजार किलोलिटर पेट्रोलियम पदार्थ घटेर आजको दिनसम्म २७ हजार किलोलिटरमा बाँकी रहेको छ । प्रवक्ता घिमिरले रक्सौलबाट दैनिक दुई हजार ४०० किलोलिटर पेट्रोलियम पदार्थ आउनुपर्नेमा केही दिनयता एक हजार ७०० मात्र नेपाल भित्रिएको जानकारी दिनुभयो । निगमले बारम्बार अनुरोध गरेपछि आज भने एक हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ आएको बताउनुभयो । यो अवस्था निरन्तर अरु केही दिनसम्म कायम रहेमा थप समस्या सिर्जना हुने प्रवक्ता घिमिरेको वनाएको छ ।