शुक्रबार, बैशाख १४, २०८१

पत्रकार गुरुङलाई नेजाको सहयोग

 काठमाडौँ चैत २८, पत्रकार चुनबहादुर गुरुङको स्वास्थ्योपचारका लागि नेपाल–अमेरिका पत्रकार समाज (नेजा)ले दुई लाख ७५ हजार रुपैयाँ सहयोग रकम सङ्कलन गरेको छ । नेजाले पत्रकार चुनबहादुर गुरुङ स्वास्थ्योपचार सहयोग समितिको खातामा उक्त रकम जम्मा गरिदिएको आदिवासी जनजाति पत्रकार fonij logoमहासङ्घ (फोनिज) ले जनाएको छ । नेजाका अध्यक्ष आङछिरिङ शेर्पाको अग्रसरतामा अमेरिकामा बसोबास गर्ने सहृदयीहरूबाट सो रकम प्राप्त भएको हो ।

फोनिजका अध्यक्ष डण्ड गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुवै मिर्गौला प्रत्यारोपणका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत गुरुङको स्वास्थ्योपचारमा सो रकम खर्च गरिने छ । फोनिजको अगुवाईमा गुरुङको उपचारार्थ सहयोग सङ्कलन अभियान थालिएको हो । गुरुङको स्वास्थ्योपचारमा सहयोग गर्न चाहनेले सिभिल बैंकको खाता नम्बर ००२१०००३७९१०२७ मा रकम जम्मा गर्न सक्ने फोनिजले जनाएको छ ।