शुक्रबार, बैशाख १४, २०८१

एमाओवादीद्धारा संसद् बैठक अवरूद्ध

 काठमाडौ वैशाख ३ द्वन्द्वकालीन घटनालाई ब्युँताएर शान्ति प्रक्रियालाई धरापमा पार्न खोजेको आरोप लगाउदै प्रमुख प्रतिपक्षी एमाओवादीले व्यवस्थापिका–संसद्को आजको बैठक अवरुद्ध गरेको छ । बैठकको प्रारम्भमा एमाओवादीका नेता डा बाबुराम भट्टराईले गोरखाको फुजेल घटनामा संलग्न भएको आरोेपमा १३ samsad-finalजना विरुद्ध चितवन जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्दा दायर गरिएकोमा आपत्ति जनाउनुभयो ।

उहाँले शान्ति प्रक्रियाका सेना समायोजनको काम मात्र सकिएको भन्दै सत्यनिरुपण र वेपत्ताको खोजी, राजनीतिक व्यवस्थापन र सामाजिक रुपान्तरणका कार्य बाँकी रहेको समयमा यस्ता घटनालाई ब्युँताइएकामा विरोध जनाउनुभयो । नेता भट्टराईले सरकारले मुद्दा फिर्ता नलिएसम्म संसद्को कारबाही सञ्चालन गर्न नदिने बताउनुभयो । त्यसपछि सो दलका सबै सभासद् आफ्नो स्थानबाट उठिरहेकाले सभामुख सुवास नेम्बाङले आजै एक घन्टाका लागि ( १ः१५ बजेसम्म) बैठक स्थगित गर्नुभयो ।

आजको बैठकका लागि सुरक्षा विशेष समितिको प्रतिवेदन पेस गर्ने, सार्वजनिक लेखा समितिमा रहने सदस्यको नामावली प्रस्तुत गर्ने, वैदेशिक रोजगारीमा जाने नेपालीका समस्याबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने तथा ‘बेपत्ता भएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक, २०७०’ प्रस्तुत गर्ने कार्यक्रम कार्यसूचीमा रहेको थियो । त्यसपछि व्यवस्थापिका–संसदको आजको दोस्रो बैठक कार्यससूचीमा प्रवेश नगरी भोलि ३ बजेसम्मका लागि स्थगित गरिएको थियो