बिहिबार, चैत्र १५, २०८०

एमाओवादी संसदीय दलको अध्यक्षमा दाहाल

 कठमाडौं बैशाख ३, एनेकपा माआवोवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल prachanda2र संसदीय दलको प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ । 

त्यस्तै बैठकले द्वन्द्वकालीन मुद्दालाई सरकारले ब्युँझाउने काम गरेकामा आपत्ति जनाउँदै यसका विरुद्धमा देशभर विरोधका कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ । एमाओवादी नेता टोपबहादुर रायमाझीका अनुसार शान्ति प्रक्रियालाई भाँड्ने नियतले सरकारले सदनमा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयक पेस गरेको आरोप लगाउँदै यसलाई नसच्याएमा सदन अवरुद्ध गर्ने निर्णयसमेत भएको जानकारी दिनुभयो ।