शुक्रबार, बैशाख १४, २०८१

होलीमा हुँन सक्ने संभावित दुर्घटना रोक्न ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्ने

 काठमाडौँ फागुन ३०, होली पर्वका बेला उपत्यकामा जथाभावी सवारी चलाउँदा हुनसक्ने संभावित दुर्घटना रोक्न महानगरीय ट्राफिक प्रहरीले विशेष 050220131158अभियानको थालनी गर्ने भएका छन  महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) केशव अधिकारीले सवारी नियम उल्लङ्घन गरी दुर्घटना निम्त्याउने गरी होलीका अवसरमा जथाभावी सवारी चलाउनेलाई कडा कारबाही गरिने बताउँदै  उपत्यकाका ४७ स्थानमा बिहानैदेखि दुई चरणमा ‘चेकप्वाइन्ट’ खडा गरी ट्राफिक प्रहरी परिचालन गरिनेछ, आकस्मिक र दिनभरि मोबाइल टोली परिचालन गरिने जानकारी दिनु भएको छ । उहाँले नियम उल्लङ्घन गरी जथाभावी सवारी चलाउनेलाई कसुर हेरी कारबाही गरिने र जनपथ प्रहरीसँग समेत समन्वय गरी होलीका अवसरमा दिनभरि नै छड्के चेकजाँच गरिने बताउनुभयो ।