शुक्रबार, चैत्र १६, २०८०

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

 काठमाडौं फागुन ३०,नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थको बृद्धि fuel-pumpoilगरिएको मुल्य अन्र्तगत पेट्रोलको साविक मूल्यमा प्रतिलिटर १० रुपैयाँ त्यस्तै गरि डिजेल र मट्टितेलमा प्रतिलिटर ६ ६ रुपैयाँ बढेको छ भने अन्तर्राष्ट्रिय हवाई ईन्धनमा प्रति किलोलिटर १०० डलर र आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बृद्धि गरेको निगमले जनाएको छ ।

निगमले आफूलाई मासिक एक अर्ब ६९ करोड घाटा लागेको बताउँदै आएको छ । मूल्यबृद्धिसँगै काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर खुद्रा बिक्री मूल्य १४० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य एकसय नौ रुपैयाँ पुगेको छ ।