शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्रीद्वारा भ्रमणभत्ता फिर्ता

 काठमाडौँ फागुन ३०, प्रधानमन्त्री सुशील कोइरालाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)मा नेपाली Sushil-koirala2प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यान्मा भ्रमण गर्दा प्राप्त गर्नुभएको भ्रमणभत्ता फिर्ता गर्नुभएको छ । बिम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिनजाँदा उहाँले नियमानुसार प्राप्त गर्नुभएको ६५० अमेरिकी डलर अर्थात् करिब रु ६३ हजार ४२७ परराष्ट्र मन्त्रालयलाई आज फिर्ता गर्नुभएको हो ।

प्रधानमन्त्रीले फिर्ता गर्नुभएको उक्त रकम राज्यकोषमा दाखिला गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कोइराला यही फागुन २० गते म्यान्माको राजधानी नेपिटमा सम्पन्न शिखर सम्मेलनमा भाग लिन सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ म्यान्मा जानुभएको थियो ।