बुधबार, बैशाख ५, २०८१

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लेउ: एमाओवादी

 काठमाडौं फागुन ३० , एनेकपा (माओवादी)ले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकोर राख्ने पेट्रोलियम पदार्थमा मूल्यवृद्धि प्रति गम्भीर आपत्ति प्रकट mao logo-chunabगरेको छ । पार्टीले आज विज्ञप्ति जारी गरी नेपाल आयल निगममा भएका अनियमितता, चुहावट र भ्रष्टाचारको बेवास्ता गरी जनतालाई बोझ थोपर्ने कार्य कुनै पनि अर्थमा जायज नभएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।

मानव जीवनका लागि अत्यावश्यक मानिएको दूधमा मूल्यवृद्धि गरेको सरकारले पछिल्लो पटक पेट्रोलियम पदार्थमा भाउ बढाएर जनविरोधी काम गरेको बताउँदै पार्टीले सरकारको यस खालको निर्णयलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने जनाएको छ ।  निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रू १० तथा डिजेल र मट्टितेल प्रतिलिटरमा रू छ का दरले वृद्धि गरेको थियो ।

यसैवीच नेकपा–माओवादीले दूध र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै त्यो तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । उक्त दलले दैनिक उपयोग्य पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै त्यसलाई जनविरोधी कामको सङ्ज्ञा दिएको छ । नेपाल आयाल निगमभित्रको अनियमितता, इन्धनको चुहावट, अनावश्यक रुपमा भर्ती गरिएका कर्मचारीहरूको बोझ र व्यवस्थापनको असमर्थताका कारण निगम घाटामा गएको भन्दै उक्त पार्टीले मूल्य वृद्धि फिर्ता नलिए सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।

उक्त पार्टीको संयुक्त जनसमितिका संयोजक देव गुरुङले आज प्रेस विज्ञप्ति जारी गरी सर्वसाधारणलाई मार पर्ने गरी भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728