शुक्रबार, बैशाख १४, २०८१

पत्रकारको सुरक्षा अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न

 चितवन माघ २८ अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको नागरिक संस्था फ्रिडम फोरमले युनेस्को नेपालको   फ्रिडम फोरमसहकार्यमा ‘पत्रकारको सुरक्षा अभिवृद्धि’ सम्बन्धी चितवनका सरोकारवाला निकायहरुसँग आयोजित संवाद कार्यक्रम आईतवार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश विनोदमोहन आचार्यले पत्रकारको हकहित तथा सुरक्षाको सवालमा न्यायालयले सधैँ सकारात्मक भूमिका खेल्ने र नेपाली न्यायालयलाई स्वतन्त्र बनाइराख्न पत्रकारिताको पनि उत्तिकै भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झाले नेपाली पत्रकार राजनीतिक दलका भ्रातृ सङ्गठन तथा सुरक्षा निकायलगायत विभिन्न क्षेत्रबाट आक्रमणमा पर्ने गरेका र प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा अनुसन्धान तथा कारबाही निकै ढिलो हुने गरेको गुनासो गर्नु गर्नु भएको थियो । त्यसै गरि    कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल ,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रद्युम्न कार्की  र  जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारले आफ्नो अधिकार सुरक्षाका लागि राज्य संयन्त्रले अझ बढी प्रभावकारी भूमिका खेल्नुपर्ने  औँल्याएका थिए ।