शुक्रबार, बैशाख १४, २०८१

पूर्वकेन्द्रीय सदस्य कठायतको निधनमा महासङ्घ स्तब्ध

 काठमाडौँ फागुन ५, नेपाल पत्रकार महाङ्घले महासङ्घका पूर्वकेन्द्रीय सदस्य गौरी कठायतको विमान दुर्घटनामा निधन भएकोमा दुःख व्यक्त गरेको छ । महासचिव ओम शर्माले आज जारी गर्नुभएको शोक विज्ञप्तिमार्फत् महासङ्घले कर्णाली अञ्चलको जुम्ला जिल्लाबाट पत्रकारिता क्षेत्रमा राष्ट्रिय उचाई प्राप्त fng logo 1कठायतको निधनले नेपाली पत्रकारिता जगतले एउटा जुझारु र सक्रिय पत्रकार गुमाएको र यस घटनाले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

रेडियो कर्णालीबाट पत्रकारिता प्रारम्भ गर्नुभएका पत्रकार कठायतले २०६५ – २०६७ सम्म महासङ्घको केन्द्रीय सदस्यका रुपमा पहिलो पटक कर्णाली अञ्चलबाट प्रतिनिधित्व गर्नुभएको थियो । महासङ्घले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै आजैदेखि १३ दिनसम्म केन्द्रीय कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।