शनिबार, बैशाख १५, २०८१

एक बर्षभित्रै संविधान तथा ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने सभापति कोइरालाको प्रतिवद्धता

काठमाडौं माघ २७, व्यवस्थापिका संसदको आजको बैठकलाइ सम्बोधन गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाले एक बर्षभित्रै biccसंविधान जारी गर्ने तथा ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिवद्धता जनाउँनु भएको छ ।  साथै उहाँले शान्ति प्रक्रियाका सम्बन्धमा विगतको सम्झौता कार्यान्वयन गर्ने र बाँकी रहेका कामहरु पूरा गर्ने, बन्द हडताल र चक्काजामलाई निरुत्साहित गर्ने र स्वदेशी/विदेशी लगानीका लागि वातावरण् निर्माण् गर्ने आफ्नो सरकारका प्राथमिकता रहने भन्दै । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई सुशासन सबै नेपालीको चाहना रहेकोले आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध कार्य गर्ने र प्रशासनयन्त्रमा जवाफदेहिता एंव पारदशिर्ताका लागि जोड दिने बताए ।
त्यस्तै प्रधानमन्त्रीको नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई समर्थन गरेको बताउँदै नेकपा एमालेका संसदीय दलका नेता केपी ओलीले तत्कालका लागि राष्ट्रपतिको निर्वाचनको विषय अनुमोदन गर्ने गरी भएको सम्झौता र एक वर्षमा संविधान जारी गर्ने सर्तमा कोइरालालाई समर्थन गरेको बताए ।